News Details

अन्तर-सरकार सम्बन्धका सवालहरु विषयक अन्तरक्रिया कार्यक्रम
मधेस प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पीएलजीएसपी कार्यक्रम तथा फेडरलिज्म एण्ड लोकलाइजेसन सेन्टरको आयोजनामा जनकपुरधाममा "अन्तर-सरकार सम्बन्धका सवालहरु" विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। मधेस प्रदेशका प्रमुख सचिव मदन भुजेलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्नुहुँदै मुख्यमन्त्री सतिश कुमार सिंहले संघीयताले के पायो भन्नेहरुलाई सडक, खानेपानी, अस्पताल, विद्यालय र विश्वविद्यालयका आदि पुर्वाधारका क्षेत्रमा भएको निर्माणको तथ्य आफैं बोल्ने बताउनु भयो। वहाँले खर्च बढेपनि विभिन्न शिर्षकका अनुदान रकममा संघले घटाउँदै लगेको भनेर गुनासो गर्नुभयो। बजेट निर्माणको असंतुष्टीलाई संघीयताको सवलीकरणसँग जोडेर आक्रोश व्यक्त गर्न नहुने पनि वहाँले बताउनु भयो।
कार्यक्रमका विशिष्ट अतिथि सभामुख रामचन्द्र मण्डलले विभिन्न तहका सरकारले एकले अर्कोलाई गाली गरेर हैन संविधान बमोजिम समन्वय, सहकार्य र सह-अस्तित्वका आधारमा संघीयता बलियो पार्नुपर्ने बताउनु भयो। कार्यक्रममा बन तथा वातावरण मन्त्री सञ्जय कुमार यादव, कानुन मन्त्री राजकुमार लेखी, मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो, उप-सभामुख बबिता कुमारी ईशर, नेकपा (एमाले) प्रमुख सचेतक हरिनारायण महतो, राप्रपा संसदीय दलका नेता कञ्चन विच्छा, नेपाल नगरपालिका संघ मधेस प्रदेशका प्रदिप कुमार यादव, गाउँ पालिका राष्ट्रिय महाँसंघ मधेस प्रदेशका अध्यक्ष तथा बिष्णुपुर गाउँपालिका, सर्लाहीका अध्यक्ष जबहरलाल यादव, जिसस धनुषाका प्रमुख राजेन्द्र मण्डल लगायतका वक्ताहरुले आ-आफ्नो धारणा राख्नुभएको थियोे। कार्यक्रममा फेडरलिजम एण्ड लोकलाईजेसन सेन्टरका अध्यक्ष तथा पुर्व सांसद डा. खिमलाल देवकोटाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे। कार्यक्रमको औचित्य र विषय प्रवेश प्रा.डा. भोगेन्द्र झाले गर्नुभएको थियो। कार्यक्रम सञ्चालन पिएलजिएसपी का जयकुमार राउतले गर्नुभएको थियोे भने एफएलसीका प्रह्लाद लामिछानेले कार्यक्रमको टिपोर्ट गर्नुभएको थियोे।