News Details

  • By Admin
  • 2025-07-12
  • 08.10PM

संघीयताको कसीमा आ.व. २०८२/८३ को बजेट बिषयक छलफल कार्यक्रम

फेडरलिजम् एण्ड लोकलाइजेसन सेन्टर (FLC) द्वारा बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयसँगको सहकार्यमा आज (१४ मे २०२५) पूर्व-बजेट परामर्श कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमको अध्यक्षता बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले गर्नुभएको थियो। नेपालका पूर्व प्रधानमन्त्री तथा पूर्व अर्थमन्त्री बाबुराम भट्टराई प्रमुख अतिथि हुनुहुन्थ्यो भने बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ विशेष अतिथि हुनुहुन्थ्यो।

पूर्व अर्थमन्त्रीहरू ज्ञानेन्द्र बहादुर कार्की, जनार्दन शर्मा र सुरेन्द्र पाण्डे, पुर्व राज्यमन्त्री उमेश श्रेष्ठ, बागमती प्रदेश सभामा अर्थ समिति सभापति नुरज बज्राचार्य, राष्ट्रिय योजना आयोग र वित्त आयोगका पदाधिकारी तथा सदस्यहरू, गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्ष लक्ष्मी पाण्डे, अर्थ मन्त्रालय वित्तीय महाशाखा प्रमुख  महेश बराल, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, सहकारी महासंघका उपाध्यक्ष इन्दिरा पन्त, प्राकृतिक स्रोत तथा वित्त आयोगका कावा अध्यक्ष जुध्दमान गुरुङ, राष्ट्रिय योजना आयोगका सदस्यहरु गंगादत्त अवस्थी र गीता पौडेल अधिकारी, प्रदेश नीति तथा योजना आयोगका सदस्य गुणराज मोक्तान आदि सहभागीहरुको सुझाव, धारणा र सकृय सहभागिताले कार्यक्रमलाई समृद्ध बनाएको थियो।

बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्णप्रसाद मैनालीले अतिथि र सहभागीहरुलाई स्वागत गर्नुभएको थियो। फेडरलिजम् एण्ड लोकलाइजेसन सेन्टर (एफएलसी) का अध्यक्ष डा. खिमलाल देवकोटाले पूर्व-बजेट परामर्श: आर्थिक वर्ष २०८२/८३ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

एफएलसीका कार्यकारी निर्देशक प्रकाश पन्थले सञ्चालन, प्रह्लाद लामिछाने र मोहम्मद अयुवले प्रतिवेदन लेखन तथा आवस्यक संयोजन गरेको उक्त कार्यक्रममा पूर्व मन्त्रीहरू, प्रतिनिधिसभाका सदस्यहरू, पूर्व सांसदहरू, प्रदेश सभाका सदस्यहरु, राष्ट्रिय योजना आयोगका सदस्यहरू, सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू र मिडियाकर्मीहरुले सहभागीता जनाएका थिए।